site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले चुनाव एक्लै लड्नुपर्छ : गगन थापा 
फाइल तस्बिर ।

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र इमानदार एवं कर्तव्यनिष्ठ व्यक्तिहरू धेरै रहे पनि त्यो पुँजी प्रयोग गरेर निर्वाचनमा जान नसकिएको बताएका छन् ।

शनिबार बुटवलमा कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनमा उनले पार्टीभित्र गाउँसहर सबैतिर इमानदार कार्यकर्ता रहे पनि त्यसलाई पुँजीका रूपमा प्रयोग गर्न नसकिएको गुनासो गरेका हुन् । उनले पार्टीले आउँदो चुनाव हारे पनि एक्लै लड्नुपर्ने बताए ।

महामन्त्री थापाले निर्वाचनमा समानुपातिक पद्धतिमा आफन्त र आफूनिकट राख्दा इमानदार नेता पछाडि परेको बताए । उनले नेपालको अर्थतन्त्र पछिल्लोपटक सुधार भएको उल्लेख गर्दै अब निराशभन्दा आशावादी हुँदै गएको बताए ।

उनले प्रदेश संरचना खर्चिलो भएकाले त्यसलाई कम खर्चमा राम्रो सेवा दिने गरी प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  २१:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro