site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फिफा वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत्, ब्राजिल दुई स्थान खस्कियो

काठमाडौं । फिफा वरीयतामा विश्वकप विजेता अर्जेन्टिना शीर्ष स्थानमै यथावत् रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयतामा अर्जेन्टिना यथास्थानमा रहँदा ब्राजिल दुई स्थान खस्किएको छ । 

नयाँ वरीयताअनुसार ब्राजिल पाँचौँ स्थानमा पुगेको छ । यसअघि ब्राजिल वरीयताको तेस्रो स्थानमा थियो ।

Dabur Nepal
NIC Asia

फिफा विश्वकप–२०२६ छनोटअन्तर्गत नोभेम्बरको विन्डोमा ब्राजिलले खेलेको दुई खेलमध्ये दुवैमा हार बेहोरेको थियो । नोभेम्बर विन्डोमा ब्राजिलले कोलम्बियासँग २–१ को र अर्जेन्टिनासँग १–० को हार बेहोरेको थियो ।

ब्राजिल दुई स्थान तल झर्दा इंग्ल्यान्ड र बेल्जियम भने समान एक स्थान माथि उक्लिएका छन् ।

बिहीबार आएको वरीयताअनुसार अर्जेन्टिना पहिलो र फ्रान्स दोस्रो स्थानमा यथावत् छन् । तेस्रो स्थानमा इंग्ल्यान्ड र चौथो स्थानमा बेल्जियम उक्लिएका छन् । पाँचौँ स्थानमा ब्राजिल, छैटौँ स्थानमा नेदरल्यान्ड्स, सातौँमा पोर्चुगल, आठौँमा स्पेन, नवौँमा इटाली र १०औँमा क्रोएसिया छन् ।

Fifa-Ranking-1701337711.png

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro