राजनीति
![राजदूत तामाङलाई मोजाम्बिक र सुवेदीलाई इटालीको पनि जिम्मेवारी](https://12khari.top/uploads/posts/Sital-Niwas-Rastrapati-Karyalaya1625839477.jpg)
काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकका निम्ति गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिइएको छ ।
यस्तै, स्वीट्जरल्यन्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका निम्ति गैरआवासीय नेपाली राजदूत तोकिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत तामाङ र सुवेदीलाई सो पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८० १३:४२
प्रतिक्रिया दिनुहोस्