site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आचार्य श्रीनिवाससहित ८ जनाविरुद्ध मुद्दा चलाइयो, कसलाई कुन कसुर ?

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनका लागि सडकमा आएका धर्मगुरु आचार्य श्रीनिवाससहित आठजनाविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर र अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको छ ।

आचार्य श्रीनिवाससहित सुनसरीका सुजन खड्का, खोटाङका मोहरमान बस्नेत, सुनसरीका दिपेश खड्का र गोर्खाका अनिल गुरुङविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा चलाइएको छ । आचार्य श्रीवासलाई तीनदिन र बाँकी चारजनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिने छ ।

यसैगरी लम्जुङका मनोज थापा, काठमाडौंका विनन्जय थापा र सुनसरीका निकेश बास्तोलाविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको छ । उनीहरूमाथि छानबिन गर्न प्रहरीले अदालतबाट तीन दिनको म्याद पाएको छ । 

उनीहरूमध्ये आचार्य श्रीनिवासलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा राखेर अनुसन्धान भइरहेको छ । अन्यलाई प्रहरी वृत्त गौशाला राखिएको छ ।

उनीहरूलाई प्रहरीले सोमबार गौशालाबाट पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  २१:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro