site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सातै प्रदेशको माग प्रहरी समायोजन
प्रधानमन्त्री प्रचण्ड । फाइल तस्बिर ।

काठमाडौं । सातै प्रदेशका गृहमन्त्री (आन्तरिक मामिला)हरू अहिले काठमाडौंमा छन् । उनीहरूले अब ढिलाइ नगरी प्रहरी समायोजन गर्न केन्द्र सरकारलाई दबाब दिन थालेका छन् ।

सोही मागसहित आज सातै प्रदेशका गृहमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्दै छन् । दिउँसो २ बजे प्रधानमन्त्री र साढे ३ बजे गृहमन्त्रीसित प्रदेशका मन्त्रीहरूले भेट गर्न लागेका बताइएको छ ।

Dabur Nepal
NIC Asia

सिंहदरबारस्थित कार्यालयमा पुगेर प्रदेशका मन्त्रीहरूले प्रधानमन्त्री र गृहमन्त्रीसित भेटवार्ता गर्नेछन् । प्रहरी समायोजन प्रक्रिया चाँडो टुंग्याउन भेटमा आग्रह गर्ने प्रदेशका गृहमन्त्रीहरूले बताएका छन् ।

प्रहरी प्रशासन प्रदेश सरकार मातहतमा नआउँदा काम गर्न अप्ठ्यारो भएको उनीहरूले बताउँदै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro