site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अराजकता निम्त्याउन खोजियो : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थालाई पछाडि फर्काउने कोसिस गरिएको बताएका छन् । छैटौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशमा अराजकता निम्त्याउने कोसिस गरिएको बताए ।

“मानिसहरूले अहिले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख राज्यव्यवस्था निर्माणका प्रक्रियाविरुद्ध कहीँ कतैबाट प्रश्न उठाउने, समाजमा भ्रम सिर्जना गर्ने, अराजकता सृष्टि गर्ने कोसिस भएका छन्,” उनले भने ।

Dabur Nepal
NIC Asia

उनले प्रणाली निरन्तर अघि बढ्ने पनि बताए । “इतिहासको चक्कालाई पछाडि धकेल्ने कोसिस देखिएका छन् । तर, तथ्य के हो भने इतिहास जहिले पनि अग्रगमनतिरै अघि बढ्छ । पछि फर्कंदैन । हामी जबसम्म यो परिवर्तनका वाहक राजनीतिक दलहरू, नेताहरू, संघसंस्था, बुद्धिजीवी नागरिक, निजी क्षेत्र र सार्वजनिक क्षेत्रका व्यक्ति हुन्छौँ, इतिहास पछि फर्कंदैन, अघि बढ्छ,” प्रधानमन्त्रीले भने ।

उनले हिजो मात्र सुकुम्वासी समस्या समाधान गर्न महत्त्वपूर्ण निर्णय गरिएको बताए । विश्वमा नेपालको हक, अधिकार स्थापित गर्ने अभियानमा आफूहरू रहेको उनले सुनाए । संयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनको समस्या भयानाक हुँदै गएको आफूले बताएको उनले उल्लेख गरे ।

दुबईमा हुने कोप–२८ मा आफू भिक माग्न जान नलागेको उनले बताए । अधिकार स्थिापित गर्न त्यहाँ जान लागेको उनको भनाइ छ ।

“त्यहाँ गएर हामीले नेपालको अधिकार स्थापित गर्नु छ । हाम्रो हक हो त्यो । हामी त्यहाँ भिक माग्न जाँदै छैनौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपाली जनताले नगरेको कर्मको फल भोग्नुपर्ने जो स्थिति छ, त्यो स्थितिको अन्त्यका निम्ति आवाज उठाउनेतिर जाँदै छौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro