site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जंगली जनावरको आक्रमणमा मारिएका व्यक्तिको शव फेला
प्रतीकात्मक तस्बिर ।

मकवानपुर । मकवानपुरमा जंगली जनावरको आक्रमणमा परेर मृत्यु भएका एक व्यक्तिको शव फेला परेको छ ।

आइतबार मनहरि गाउँपालिका–६, राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा एक पुरुषको शव फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार उक्त स्थानमा यही मंसिर ८ गते बिहान चितवन राष्ट्रिय निकुञ्जबाट आएको बाघको आक्रमणबाट चितवनकै राप्ती नगरपालिकाका ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको थियो । उक्त बाघ नियन्त्रणमा लिन निकुञ्जको टोली चार हात्तीसहित मध्यवर्ती क्षेत्रमा प्रवेश गरेको थियो ।

सो क्रममा पहिचान नखुलेको एक पुरुषको शव कम्मरभन्दा तलको भाग मात्र रहेको र कम्मरभन्दा माथिको भाग हड्डी मात्र रहेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

ती पुरुषको शव हेटौँडा अस्पतालमा ल्याइएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । रासस

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro