site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वीरगन्ज र धनगढी पहिलो हाफमा बराबर 

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा ‘डेब्युट्यान्ट’ वीरगन्ज युनाइटेड एफसी र साविक उपविजेता धनगढी एफसीबीचको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा फोडे फोफानाले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो मिनेटमै अफिज ओलावालेको क्रसमा पेनाल्टी बक्सभित्र ‘अनमार्क’ रहेका फोफानाले वान टच ‘फिनिसिङ’ दिए ।

गोल बेहोरेपछि लगातार आक्रमण बुने पनि वीरगन्जले पहिलो हाफमा बराबरी गोल भेटाउन इन्जुरी समय कुर्नुपर्‍यो । पहिलो हाफको इन्जरी समयमा हान्स कोफीले पेनाल्टीमा गोल गर्दै वीरगन्जलाई खेलमा फर्काएका थिए । १८ यार्ड बक्सभित्र धनगढीका डियाग्ने फालोउको ह्यान्ड भएपछि वीरगन्जले पेनाल्टीको अवसर पाएको थियो । जसमा कोफीले कुनै गल्ती गरेनन् ।

NSL-2-1701002662.jpg

त्यसअघि नवौँ मिनेटमा वीरगन्जले खेललाई बराबरीमा ल्याउने अवसर गुमायो । विलियम ओपकु अ‍ैसेडुको प्रहार रक्षक रिचार्ड ओसेइ अक्ष्वेमाङलाई लाग्दै बाहिरिएपछि धनगढीको खतरा टरेको थियो ।

१३औँ मिनेटमा वीरगन्ज पुनः गोल गर्नबाट चुक्यो । बक्सभित्र अभिषेक गुरुङलाई बिट गर्दै विशोन गुरुङले गरेको प्रहार गोल बाहिरिन पुग्यो ।

२६औँ मिनेटमा वीरगन्जले तेस्रो अवसर गुमायो । तेज तामाङको कर्नरमा अ‍ैसेडुको फ्री हेडरले पोस्टको दिशा लिन सकेन ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेलिरहेका छन् ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।

प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन् ।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ ३०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro