site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजा युद्धविरामपछि लेबनानको दक्षिणी सीमामा अस्थायी शान्ति
फाइल तस्बिर : एएफपी ।

काठमाडौं । हमास र इजरायलबीचको मानवीय युद्धविराम लागु भएपछि लेबनानको दक्षिणी सीमा क्षेत्रमा अनिश्चितकालीन शान्ति फर्किएको छ ।

इजरायली आक्रमण र बमबारीका कारण सीमावर्ती गाउँ एल–जिब्बिनमा धेरै लेबनानीले आफ्नो गृहनगर छोडेका थिए । उनीहरू आफ्नो सम्पत्ति के–के बाँकी छ भनेर जाँच्न मात्र फर्किएका बताइएको छ ।

गाजामा चार दिनको युद्धविराम भएकाले उनीहरू सुर्तीबाली जाँच गर्न फर्किएका हुन् । आफूहरू किसान भएकाले युद्धविरामको समयमा बाली हेर्न फर्किएको उनीहरूको भनाइ छ । परिस्थिति राम्रो नभएसम्म आफूहरू नफर्कने उनीहरूले बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro