site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिलानका फ्रान्सेस्को कामार्डा बने सिरी ‘ए’ खेल्ने सबैभन्दा युवा खेलाडी
Tiktok banner adTiktok banner ad

काठमाडौं । एसी मिलानका फ्रान्सेस्को कामार्डा इटालियन सिरी ‘ए’ खेल्ने सबैभन्दा युवा खेलाडी बनेका छन् । १५ वर्ष २६० दिनमा कामार्डाले शनिबार फियोरेन्टिनाविरुद्ध खेलमा एसी मिलानबाट ‘डेब्यु’ गरेका थिए ।

यो कीर्तिमान यसअघि बोलोग्नाका विज्डम अमीको नाममा थियो । अमीले १५ वर्ष २७४ दिनको उमेरमा सिरी ‘ए’ खेल्दै सन् २०२१ मा यो कीर्तिमान बनाएका थिए ।

एसी मिलानका फरवार्ड ओलिभर जिरुड निलम्बित र नोएह ओकाफोर ‘इन्जर्ड’ रहेका कारण कामार्डाले टिममा स्थान पाएका थिए । उनी खेलको ८४औँ मिनेटमा लुका जोभिचको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।

शनिबार फियोरेन्टिनाविरुद्ध जित दिलाउन एसी मिलानका हर्नान्डेजले निर्णायक गोल गरेका थिए । सिरी ‘ए’ तालिकामा १३ खेलबाट २६ अंकसहित मिलान तेस्रो स्थानमा छ । समान खेलबाट २० अंक जोडेको फियोरेन्टिना छैटौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro