site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्तिक नाचमा नृसिंह अवतारको गाथा
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । कार्तिक नाचको आठौँ दिन नृसिंह अवतारको गाथा प्रस्तुत गरिएको छ । योपटक मंसिर २ गतेदेखि सुरु कार्तिक नाचमा शनिबार राति नृसिंह अवतार (हिरण्यकश्यपु वध) देखाइएको हो ।

वि.सं. १६९७ देखि सुरु भएको ऐतिहासिक कार्तिक नाचमा भगवान् विष्णुसँग सम्बन्धित १७ धार्मिक कथा जोडिएको छ । यो ऐतिहासिक नाच पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुहरू हरिवंश राजोपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहअनुसार त्यहाँको दरबार चोकभित्र भगवान् श्रीकृष्णको मन्दिर निर्माण सम्पन्न भएको उत्सवस्वरूप मनाउन थालेको इतिहास छ ।

कार्तिक नाच हरेक वर्ष कार्तिक महिनामा प्रदर्शन गरिने नृत्य र संगीतमा आधारित भएर देखाइने नृत्य नाटक हो । यो नाच पाटन दरबार स्क्वायरमा अवस्थित कार्तिक डबलीमा मञ्चन गरिन्छ ।

KFC Island Ad
NIC Asia

सुरुमा यो नाच राजा सिद्धिनरसिंह मल्लले पाँच दिनका निम्ति नासल चोकमा देखाएर थालनी गरेका थिए । स्थानीय किरण चित्रकारले कार्तिक नाच वि.सं. १६९७ मा राजा सिद्धिनरसिंह मल्लको पालामा सुरु गरिएको बताए ।

यो नाच सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवासले सात दिन थपेर १२ दिन सञ्चालन गरेको बताइन्छ । त्यसपछि श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले अरू १५ दिन थपेर एक महिनाभर सञ्चालन गर्ने गरी थालनी गरिएको चित्रकारले बताए ।

Royal Enfield Island Ad

एक महिनाभर मनाउने गरिए पनि विभिन्न समयमा विभिन्न कारणले गर्दा मनाउन नसकिएको चित्रकारको भनाइ छ ।

कार्तिक नाच ‘बाथः प्याखँ’बाट सुरु हुन्छ । यो तीन दिनसम्म देखाइन्छ । त्यसपछि भगवान् विष्णुका विभिन्न कथाहरूमा आधारित नाचहरू प्रस्तुत गरिन्छ ।

तत्कालीन समयमा देशमा शान्ति, समृद्धि र मनोरञ्जनको हेतुले यो नाच सुरु गरिएको मानिन्छ । कुनै समय कार्तिकमा २७ दिन अर्थात् महिनाभर देखाइने हुँदा यो नाच कार्तिक नाचको नामले परिचित छ ।

यो नाच पछिल्ला वर्षहरूमा विविध कारणले केही दिन मात्र देखाउन थालिएको छ । यो वर्ष मंसिर २, ३ र ४ गते बाथः प्याखँ, ५ गते युद्धकला (शितज्वर/विषमज्वर युद्ध, महादेव/कृष्ण युद्ध), ६ गते देवी प्याखँ, ७ गते ज्ल शयण, ८ गते बराह अवतार, ९ गते नृसिंह अवतार, १० गते वस्त्रहरण लीला र ११ गते दधि लिला देखाइने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १०:३१
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro