site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंका आठ ठाउँमा छठ मनाइँदै, के भन्छन् बालेन ?

काठमाडौं । काठमाडौंका विभिन्न आठ ठाउँमा छठ मनाइँदै छ । पछिल्लो केही वर्षदेखि छठ काठमाडौंसहित पहाडी जिल्लामा पनि मनाउन थालिएको छ । 

मधेसीसँगै अन्य समुदालयले पनि छठ मनाउन थालेपछि काठमाडौंमा पनि केही वर्षदेखि रानीपोखरी, गौरीघाटलगायत स्थानमा छठ मनाउने गरिएको छ । 

काठमाडौं महानगरपालिकाले यसवर्ष काठमाडौंका आठ ठाउँमा छठ मनाउने व्यवस्था गरिएको जानकारी दिएको छ । काठमाडौं महानगरका मेयर बालेन शाहले तोकिएका आठ स्थानमा छठ मनाउने महानगरले आवश्यक सहयोग गरिरहेको बताएका छन् । 

गौरी घाट, कोटेश्वर दोभान, कमल पोखरी, वंशीघाट, बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब र भुवनेश्वरी मन्दिरमा छठ मनाउने व्यवस्था गरिएको उनले बताएका छन् । 

“काठमाडौं महानगरपालिकाका माथि उल्लेखित स्थानमा छठ पर्व मनाउन पोखरी सरसफाइ, पोखरी वरिपरि रंगरोगन र छठ पर्वस्थल व्यवस्थापनको कामलाई तीव्र पारेका छौँ,” उनले भनेका छन्, “यसका साथै सम्बन्धित वडाबाट पनि प्रत्यक्ष रूपमा काम गरिरहनु भएको छ ।”
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro