site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल सुपर लिग : पोखरा र ललितपुरको विजयी सुरुआत

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले विजयी सुरुआत गरेका छन् । शनिबार भएको खेलमा पोखराले एफसी चितवनलाई र ललितपुरले बुटबल लुम्बिनी एफसीलाई हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पोखरालाई जित दिलाउन मोसेस त्वमले निर्णायक गोल गरे । त्वमले ७२औँ मिनेटमा गोल गर्दै पोखरालाई अग्रतामा राखेका थिए ।

आजै भएको दोस्रो खेलमा ललितपुर सिटी एफसीले बुटबल लुम्बिनी एफसीविरुद्ध २–० को जित निकालेको हो । दशरथ रंगशालामा भएको खेलमा ललितपुरलाई जित दिलाउन कप्तान अनन्त तामाङ र दीनेश हेन्जनले गोल गरे ।

२६औँ मिनेटमा दीनेशले गरेको गोलबाट ललितपुरले अग्रता बनाएको थियो । त्यसको ६ मिनेटपछि कप्तान अनन्तले ललितपुरको अग्रतालाई दोब्बर बनाएका थिए ।

जितसँगै तीन अंक जोडेको ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान तीन अंक जोडेको पोखरा तालिकाको दोस्रो स्थानमा छ ।

प्रतियोगितामा आइतबार वीरगञ्ज युनाइटेड एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ ३०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  २०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro