site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गरिबी र बेरोजगारी हटाउन कांग्रेस एकजुट हुनुपर्छ : गगन थापा

अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको दुस्मन गरिबी र बेरोजगारी मात्र रहेको बताएका छन् ।

कांग्रेस अर्घाखाँचीको जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकको स्वतन्त्रता नै समाजको परिवर्तनको सबैभन्दा ठूलो शक्ति भएको बताए । नागरिक स्वतन्त्र भएनन् भने त्यो समाजले परिवर्तन गर्न सक्दैन भन्ने नीतिका आधारमा कांग्रेस पार्टी अगाडि बढेको जानकारी दिए ।

“नेपाली कांग्रेसले सङ्कल्प गर्नुपर्छ । कांग्रेस हामी बदल्छौँ । बदलिएको कांग्रेसले नेपाललाई थप बलियो बनाउने हो । नेपालको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो । बेरोजगारी अन्त्य गर्न नेपाली कांग्रेस लाग्नुपर्छ । देशका सबै दल र समूहलाई सम्हालेर लैजान सक्ने पाटी कांग्रेस मात्र हो,” उनले भने ।

हिन्दू धर्मलाई कसैले पछाडि पार्न नसक्ने उल्लेख गर्दै महामन्त्री थापाले यो कसैले हल्लाएर नहल्लिने बताए । कुनै पाखण्डले हिन्दू धर्म खतरामा छ भन्दैमा कसैको पछाडि लाग्न नहुने उनको भनाइ थियो । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  २१:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro