site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
उद्घाटन खेलको पहिलो हाफमा काठमाडौं र इलाम गोलरहित बराबर

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम डे मेचीबीचको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै  टिमले गतिलो आक्रमण बुन्न सकेनन् ।

आजदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगंज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेल्ने छन् । प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro