site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरीले मलाई घरमै नजरबन्दमा राख्यो : दुर्गा प्रसाईं

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले प्रहरीले आफूलाई निवासमा नजरबन्दमा राखेको बताएका छन् ।  

शुक्रबार भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले प्रदर्शनका लागि आफूलाई प्रहरीले बाहिर जान नदिएको र घरमा नै नजरबन्दमा राखेको बताएका हुन् ।

प्रहरी लगाएर राज्यले आफूलाई जहाँ लगेर थुने पनि नागरिकका लागि आफ्नो अभियान नरोकिने बताए । उनले अभियानलाई सफल बनाउन आह्वान समेत गरे ।

गणतन्त्रविरोधी अभियानलाई तीव्रता दिएपछि प्रशासनले प्रसाईंको भक्तपुरस्थित निवासबाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

प्रसाईं समर्थकले बिहीबार काठमाडौंको बल्खुमा विरोध प्रदर्शन गरेका थिए । सो प्रदर्शन शुक्रबार समेत जारी राखेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro