site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँच वर्षमुनिका १६ हजार बालबालिका प्रभावित

काठमाडौं । महिला कानुन र विकास मञ्च (एफडब्लूएलडी) र राष्ट्रिय महिला आयोगले संयुक्तरूपमा जाजरकोट भूकम्पपीडित सुत्केरी महिला र नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यमा ध्यान दिन गृह मन्त्रालयको ध्यानाकर्षण गरेका छन् । 

विपद्को समयमा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र बालबालिकाहरूले पाउनुपर्ने स्वास्थ्य सेवा सुनिश्चित गर्न गृहमन्त्रालयसहित सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको एफडब्लूएलडी सचिवालयको तर्फबाट नवीनकुमार श्रेष्ठ र आयोगका तर्फबाट अध्यक्ष कमला पराजुलीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा जाजरकोट भूकम्पले पाँच वर्षमुनिका १६ हजार १२७ बालबालिका र चार हजार ६७ गर्भवती तथा सुत्केरी प्रभावित भएको जनाइएको छ । 

भूकम्पबाट बढी प्रभावित जाजरकोटमा बारेकोट र कुशे गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा पाँच वर्षमुनिका १० हजार ५६० बालबालिका प्रभावित छन् । 

यस्तै, एक हजार ३६० गर्भवती र ९०० सुत्केरी भूकम्पबाट प्रभावित रहेका छन् । विज्ञप्तिमा रुकुम पश्चिममा पाँच वर्षमुनिका बालबालिका पाँच हजार ५६७ जना प्रभावित भएको उल्लेख छ । 

यस्तै, एक हजार ६८ गर्भवती र ७३९ सुत्केरी भूकम्पबाट प्रभावित रहेको जारी विज्ञप्तिमा जनाइएको छ । ती जिल्लामा तीन हजार ७८१ जना ज्येष्ठ नागरिक, ५९६ दीर्घरोगी र ५१६ जना अपांगता भएका व्यक्ति भूकम्पबाट प्रभावित छन् । 

एफडब्लूएलडी, सेन्टर फर रिप्रोडक्टिभ राइट, आइपास, मेरी स्टोपस, कृपा, पीएसआई, सञ्चारिका, योसान, भिजिबल इम्पिक्ट, साथी लगायतका १४ वटा गैरसरकारी संस्थाले ध्यानाकर्षणमा ऐक्यबद्धता जनाएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro