site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
माइतीघर आसपास निषेधाज्ञाविरुद्धको रिट न्यायाधीश ढुंगानाको इजलासमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको माइतीघर आसपासका क्षेत्रमा लगाइएको निषेधाज्ञाविरुद्धको रिट न्यायाधीश मनोजकुमार ढुंगानाको इजलासमा परेको छ । 

बुधबार न्यायाधीश नहकुल सुवेदीको इजलासको १६औँ  नम्बरमा परेको रिट हेर्न नभ्याइनेमा परेको थियो । बिहीबार भने निषेधाज्ञाविरुद्ध अधिवक्ता भद्रप्रसाद नेपाल र प्रेमप्रसाद सिलवालले दायर गरेको रिट २८औँ नम्बरमा गरेको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ अर्थात आजका लागि व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघले एकसाथ आन्दोलनको घोषणा गरे पछि थप ३० दिनसम्म राष्ट्रपति कार्यालय र माइतीघर मण्डला आसपास निषेधित क्षेत्र घोषणा गरेको थियो । 

उक्त निषेधाज्ञाविरुद्ध अधिवक्ताहरू नेपाल र सिलवालले मंगलबार रिट दायर गरेका थिए । सर्वोच्च अदालतले यसअघि नै ओली नेतृत्वको नेकपाको सरकारका समयमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाले जारी गरेको निषेधाज्ञाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितको रिटमा सरकारको निर्णय खारेज हुनेगरी फैसला गरिसकेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement