site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हरिबोधिनी एकादशीमा चाँगुनारायणमा भक्तजनको भीड

काठमाडौं । हरिबोधिनी एकादशी आज तुलसी र दामोदरको ‘विवाह’ गराई मनाइँदै छ । चार महिनासम्म भगवान् विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्ने गर्छन् । त्यसपछि यस दिन तुलसी र दामोदरको विवाह गराइन्छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी)का दिनसम्म तुलसीको विशेष पूजा–आराधना गर्ने गरिन्छ ।

Dabur Nepal
NIC Asia

आज काठमाडौंका चाँगुनारायण, बूढानीलकण्ठलगायत विष्णुको मन्दिरमा विशेष मेला लाग्छ । चाँगुनारायणमा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग ‘विवाह’ र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउन लागिएको हो ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर फूलमाला, तोरनले सजाएर ‘विवाह’ गराइन्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro