site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कानुनमन्त्री भन्छन्– गणतन्त्रविरुद्धका गतिविधिबाट विचलित हुने अवस्था छैन

सिरहा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले लोकतान्त्रिक गणतन्त्रविरुद्धका कुनै पनि गतिविधिबाट विचलित हुने अवस्था नरहेको बताएका छन् ।

सिरहाको लहान नगरपालिका–१६ मा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं १ (१) को प्रथम प्रदेशसभा सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन् ।

मन्त्री गुरुङले भने, “सार्वजनिक ओहोदामा रहेका व्यक्तिले आर्थिकरूपमा पारदर्शी र तटस्थ भूमिका निर्वाह गर्नुपर्दछ जसले नागरिकको व्यवस्थाप्रति विश्वास बढ्छ ।”

सरकारले दृढताका साथ भ्रष्टाचारविरुद्ध अभियान सुरु गर्दा सरकारलाई नै विभिन्न कोणबाट असहयोग हुने गरेको मन्त्री गुरुङले बताए । उनले पार्टी कार्यकर्तालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकताबद्ध भई सङ्गठन विस्तार र जनतासँग जोडिन आग्रह गरे । रासस

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  २३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro