site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘एनएसएल पनि आईएसएलजस्तै प्रतिस्पर्धात्मक बन्ने आशा छ’

काठमाडौं । फुटबल क्लब चितवनका मुख्य प्रशिक्षक मेहराजुदिन वडुले नेपाल सुपर लिग (एनएसएल) पनि भविष्यमा भारतीय सुपर लिग (आईएसएल) जस्तै प्रतिस्पर्धात्मक बन्ने आशा व्यक्त गरेका छन् ।

प्रतियोगिताको दुई दिनअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतीय टिमका पूर्व खेलाडीसमेत रहेका वडुले एनएसएल विस्तारै आईएसएलजस्तै बलियो बन्ने विश्वास व्यक्त गरेका हुन् ।

“नेपालमा यो मेरो पहिलोपटक हो । यसका लागि उत्साहित छु । प्रशिक्षण राम्रो भइरहेको छ । नयाँ देशमा आउँदा चुनौती हुन्छ । तर, त्यसका लागि तयार छु,” उनले भने, “भारतीय फुटबल र नेपाली फुटबलमा खेलाडीको स्तरबाट पनि धेरै फरक छ । म यहाँ आलोचनाका लागि आएको हैन । तर, नेपाली फुटबलभन्दा भारतले धेरै प्रगति गरेको छ । एनएसएलको कन्सेप्ट आईएसलको जस्तै छ । आईएसएल पनि सुरुमा यस्तै थियो । तर, अहिले प्रतिस्पर्धात्मक लिग बनेको छ । एनएसएल सुरुआती चरणमा छ । विस्तारै यो पनि भारतीय लिगजस्तै हुनेछ भन्ने विश्वास छ ।”

यस्तै, चितवनका मार्की खेलाडी विशाल श्रेष्ठले एनएसएलले खेलाडीलाई खेल्ने अवसर दिएको भन्दै आयोजकलाई धन्यवाद दिए ।

“खेलाडीको रूपमा हामी विभिन्न टिमबाट खेल्छौँ । तर, जहाँ भए पनि हामी जित्नका लागि खेल्ने हो । हामी खेलाडीलाई एनएसएल हुँदै छ भन्ने कुरा ठूलो हो । एनएसएलले खेल्ने अवसर दिएको छ । यसका लागि धन्यवाद दिन चाहन्छु,” विशालले भने ।

मंसिर ८ गतेदेखि पुस १४ गतेसम्म काठमाडौंमा हुने प्रतियोगितामा ९ टिम सहभागी छन् । प्रतियोगिताको यस सिजन काठमाडौंसँगै, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेल्ने छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  २०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro