site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
काठमाडौंका मुख्य प्रशिक्षक बालगोपाल भन्छन्– फेरि स्टार थप्ने योजना छ

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा साविक विजेता काठमाडौं रेजर्सले उपाधिको लक्ष्य राखेको छ ।

प्रतियोगिताको दुई दिनअघि आयोजित पत्रकार सम्मेलनमा टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले साविक विजेताको हैसियतले यो वर्ष पनि स्टार थप्ने प्रतिक्रिया दिए ।

“साविक विजेताको हैसियतले यो वर्ष पनि स्टार थप्ने योजना छ । नेपाली टिमका खेलाडी, विदेशी र सबै खेलाडीको कम्बिनेसन (संयोजन) बाट खुसी छु । पहिलो सिजन पनि विदेशी खेलाडी र स्थानीय खेलाडीको समिश्रणबाट उपाधि जितेका थियौँ,” प्रशिक्षक महर्जनले भने, “काठमाडौं रेजर्सलाई समर्थनका लागि सबैलाई आग्रह गर्दछु । प्रशिक्षण हामीले नोभेम्बर १ देखि गरेका थियौँ । टिममा विदेशी खेलाडीको रूपमा क्यामरुनबाट तीन खेलाडी र उज्वेकिस्तानबाट दुईजना खेलाडी छन् ।”

यस्तै, टिमका मार्की खेलाडी हिसुब थपलियाले विदेशी खेलाडीको आगमनले टिम बलियो बनेको बताए ।

“जिम्मेवारी पक्कै पनि छ । काठमाडौं साविक विजेता पनि हो । तयारी राम्रो भइरहेको छ । सोचेजस्तो हुन्छ भन्ने आश छ । टिम राम्रो बनेको छ । विदेशी खेलाडीको आगमनले टिम बलियो बनेको छ,” हिसुबले भने । 

मंसिर ८ गतेदेखि पुस १४ गतेसम्म काठमाडौंमा हुने प्रतियोगितामा ९ टिम सहभागी छन् । प्रतियोगिताको यस सिजन काठमाडौंसँगै, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेल्ने छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  २०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro