site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
लुट्न गएको चोर निदाएपछि...
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनमा एक चोर लुट्ने क्रममा निदाएपछि पक्राउ परेका छन् ।

लुट्ने क्रममा निदाएका ती चोर ठूलो स्वरले घुरेपछि घरधनी नै ब्युँझिएका थिए ।

नोभेम्बर ८ को मध्यरातमा दक्षिणपश्चिम चीनको युनान प्रान्तको एक घरमा ती लुटेरा प्रवेश गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

घरभित्र मानिस बोलेको सुनेपछि आत्तिएका लुटेरा घरधनी सुतेपछि लुट्ने भन्दै छुट्टै कोठामा लुकेका थिए । ती लुटेरा त्यसपछि चुरोट सेवन गरेर सुतेको बताइएको छ ।

आफ्नो सानो बच्चासँग सुतेकी ताङ उपनामकी घरधनी घुरेको ठूलो स्वरले ब्युँझिएकी थिइन् । छिमेकीबाट आएको आवाज होला भनेर सुरुमा उनी सुतेकी थिइन् ।

Global Ime bank

तर, ४० मिनेटपछि बच्चाको दूधको बोतल धुन सुत्ने कोठाबाट निस्किँदा उनले चर्को आवाज सुनिन् ।

त्यसपछि कोठाको ढोका खोल्दा एक अपरिचित पुरुष भुइँमा सुतिरहेको देखेर उनी छक्क परिन् ।

त्यसपछि घटनाबारे घरका अरु सदस्यलाई पनि भनेकी थिइन् र प्रहरी बोलाइएको थियो ।

चोरी गर्न खोजेका याङ उपनाम गरेका व्यक्ति पहिले पनि जेल गएको र गत सेप्टेम्बरमा जेलमुक्त भएको बताइएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement