site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अर्जेन्टिनाको राष्ट्रपतिमा जाभियर माइली विजयी
तस्बिर : एपी ।

काठमाडौं । दक्षिणपन्थी लिबर्टी एड्भान्स गठबन्धनका जाभियर माइलीले अर्जेन्टिनाको राष्ट्रपति पदमा अर्थमन्त्री सर्जियो मासालाई पराजित गरेको निर्वाचन प्राधिकरणको प्रारम्भिक नतिजाले देखाएको छ । आधिकारिक नतिजा आउनुअघि नै हार स्वीकार गर्दै मासाले आउँदो चार वर्षका निम्ति देशको राष्ट्रपति हुने माइलीलाई बधाई दिएका हुन् ।

सरकारले जारी गरेको आधिकारिक तथ्यांकानुसार ८६.५९ प्रतिशत मतगणनामा माइलीले ५५.९५ प्रतिशत मत ल्याएका छन् । मासाले ४४.०४ प्रतिशत मत प्राप्त गरेका छन् ।

गएको आइतबारको निर्वाचनमा ७६.३९ प्रतिशत मतदान भएको थियो ।

माइली वर्तमान राष्ट्रपति अल्बर्टो फर्नान्डेजको उत्तराधिकारी हुनेछन् । उनले डिसेम्बर १० मा चार वर्षको कार्यकालका निम्ति पदभार ग्रहण गर्ने तयारी छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro