site stats
बाह्रखरी :: Baahrakhari
देश
रौतहटबाट अत्याधुनिक हतियार बरामद 
Argakhachi Cement Island Ad

काठमाडौं । सशस्त्र प्रहरी बलले रौतहटबाट चारथान अत्याधुनिक हतियार बरामद गरेको छ ।

यमुनामाई नगरपालिका–३ स्थित एउटा घरबाट आइतबार दिउँसो ९ एमएमको पेस्तोल तीननाल, त्यसमा लाग्ने गोली १३, म्याग्जिन ६ वटा र एयर गन एकनाल बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बरामद हतियारमध्ये दुईनाल पेस्तोलमा ‘मेड इन यूएसए’ र एकनालमा ‘मेड इन इन्डिया’ लेखिएको छ । हतियारसहित मोबाइल, सिमकार्ड, शेख एजाज अहमदका नाममा जारी नागरिकता समेत बरामद गरिएको डीएसपी थापाले बताए ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्