site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
भारतले विश्वकप जिते प्रयोगकर्तालाई १०० करोड बाँड्ने एस्ट्रोटकका सीईओको घोषणा

काठमाडौं । भारतीय स्टार्टअप कम्पनी एस्ट्रोटकका सीईओ पुनीत गुप्ताले अस्ट्रेलियाविरुद्धको विश्वकपको फाइनलमा भारत विजयी भए प्रयोगकर्तालाई १०० करोड भारतीय रुपैयाँ बाँड्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल लिंक्डइनमा एक पोस्ट लेख्दै उनले यस्तो घोषणा गरेका हुन् ।

गुप्ताले यो रकम सबै प्रयोगकर्तालाई समानरूपमा वितरण गरिने बताएका छन् । रकम प्रयोगकर्ताको एप वालेटमा जम्मा हुने छ ।

यो घोषणासँगै धेरैले खुसी व्यक्त गरेका छन् । कतिपयले राम्रो मार्केटिङ रणनीति भएको टिप्पणी गरेका छन् ।

हरेक प्रयोगकर्ताको भागमा कति रकम पर्ने छ भन्ने विषयमा उनले १०० करोड रुपैयाँलाई कुल प्रयोगकर्ताको संख्याले भाग गर्दा थाहा हुने बताएका छन् ।

विवानबाट ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro