site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजाको विद्यालयमा आक्रमण : कम्तीमा १०० प्यालेस्टाइनीको मृत्यु
तस्बिर : बीबीसी ।

गाजा । इजरायलले उत्तरी गाजापट्टीको एक विद्यालयमा बमबारी गर्दा कम्तीमा १०० प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते भएका त्यहाँको स्वास्थ्य स्रोतले शनिबार जनाएको छ ।

स्रोतले सिन्ह्वालाई दिएको जानकारीअनुसार जबालिया शरणार्थी शिविरस्थित अल–फाखौरा विद्यालयमा इजरायलले गरेको भीषण आक्रमणपछि कम्तीमा १०० जनाको शव इन्डोनेसियाली अस्पतालमा सारिएको छ ।

स्रोतका अनुसार विद्यालयभित्रबाट शवहरू निरन्तर फेला परिरहेको र ठूलो संख्यामा घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना छ ।

प्रत्यक्षदर्शीका अनुसार उक्त विद्यालयमा सयौँ विस्थापित बसिरहेका र इजरायली सेनाको तीव्र हवाई आक्रमणमा परी उनीहरूको हताहती भएको हो । रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  २१:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu