site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हामी चुक्यौँ : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र आफैँमा खराब व्यवस्था नभएको बताएका छन् । यसलाई सही ढंगले अघि बढाउन भने राजनीतिक दलका नेताहरू चुकेको उनको भनाइ छ ।

उनले गणतन्त्र ल्याउन सबै नेपाली र नेतृत्वको उत्तिकै योगदान रहेको उल्लेख गरे । तर, राजनीतिक दलका नेता चुकेकाले जनता निराश बनेको उनले बताए ।

“हामीले केको लागि र किन राजनीति गर्ने ? समाजलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर गर्ने हो । तर, १०/१५ वर्षमा देश कता पुग्यो ? व्यवस्था परिवर्तन भएपछि यस्तै हुन्छ भन्नेहरू पनि छन्, जनताले खोजेको के हो ? समाजलाई राजनीतिज्ञले कसरी समाज अगाडि बढाउँछन् भन्ने खोजेका हुन्,” उनले भने, “कताकता हामी चुकिरहेका छौँ । कारण के हो भन्ने पत्ता लगाउनुपर्ने भएको छ ।”

भ्रष्टाचार, दण्डहीनताजस्ता विषयले जनतामा निराशा बढाएको उनले बताए ।

शिक्षा क्षेत्रका कमजोरीका कारण युवापुस्ता बाहिर गइरहेको उनको बुझाइ छ । युवा पलायन बढ्दै गए नेपाल बुढाहरूको देश बन्ने जोखिम बढेको टिप्पणी गरे ।

उनले भने, “सामुदायिक विद्यालय सुधारका लागि धेरै काम गर्नुपर्नेछ । अंग्रेजी माध्यममा पढाउने भन्दै यस्ता विद्यालयले शुल्क लिन थालेका छन् ।”

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro