site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'घरदैलो कार्यक्रम' लिएर चितवन पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने घरदैलो कार्यक्रमका लागि चितवन पुगेका छन् । उनले भोलिदेखि आगामी सोमबारसम्म आफूले गरेको कामबारे मतदातालाई जानकारी गराउने छन् ।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत रविले घरदैलो कार्यक्रम चुनावमा मात्र नभएर निरन्तर हुनुपर्ने बताएका  छन् । त्यसका लागि आफू चितवन पुगेको उनको भनाइ छ । उनले आफूहरूलाई सुझाव दिन पनि आग्रह गरेका छन् । 

"घरदैलो चुनावका बेला मात्र होइन, निरन्तर हुनुपर्छ । गत वर्षको मंसिर ४ र मेरो र स्वर्णिम वाग्लेजीको हकमा यसै वर्षको वैशाख १० गते 'घण्टी'मा मतदान गरी रास्वपालाई चौथो शक्तिका रुपमा स्थापित गरिदिनुभएकोमा धन्यवाद । निर्वाचनको एक वर्ष पूरा भएको अवसरमा रास्वपा आभार व्यक्त गर्न फेरि तपाईंको घरदैलोमा आउँदै छ। निर्धक्कका साथ सल्लाह र सुझाव दिएर हामीलाई निरन्तर खवरदारी र मार्गनिर्देशन गर्नुहुन अनुरोध गर्दछौँ," उनले भनेका छन् ।

उनले गएको वैशाख १० को उपनिर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  २०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro