देश
काठमाडौं । झापामा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।
गौरादह नगरपालिका–३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले सोही नगरपालिका–४ बस्ने ४७ वर्षीय टंक बराल समेतलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।
उनीहरूबाट नगद एक लाख ३५ हजार ९२० रूपैयाँ, कौडा १६ थान र तीन बुक तास बरामद गरिएको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८० १९:३५
प्रतिक्रिया दिनुहोस्