site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुई लाख ३० हजार रुपैयाँ 'सुपारी' दिएर बर्तौलामाथि आक्रमण, मुख्य योजनाकार भारत भागे !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल खेलकुद महासंघका सहअध्यक्ष जनक बर्तौलामाथि खुकुरी प्रहार गर्ने तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ । उनीहरूलाई काठमाडौं प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–१० का २४ वर्षीय शेरबहादुर थारू, झापा मेची नगरपालिका–८ का कैलाश भन्ने टेकबहादुर प्रधान र कोहलपुर–१ का आशिष लामिछाने मगर छन् ।

उनीहरूले तीन महिनाअघिदेखि नै बर्तौलामाथि खुकुरी प्रहार गर्ने योजना बनाएको खुलेको काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

प्रहरीका अनुसार बर्तौलालाई शेरबहादुर थारूले खुकुरी र रड प्रहार गरेको खुलेको छ । थारूले प्रहार गर्नेबेला आशिषसमेत उनीसँगै थिए ।

खुकुरी र रड प्रहारपछि उनीहरू हुलिया परिवर्तन गरेर भागेका थिए । प्रहरीले समात्ने डरले उनीहरू झापा पुगेका थिए । उनीहरूलाई टेकबहादुर प्रधानले झापा पुउर्‍याएको खुलेको छ ।

पक्राउ परेका तीनैजना यसअघिसमेत लागुऔषध, ज्यान मार्ने उद्योग र हातहतियार खरखजना मुद्दामासमेत पक्राउ परेर छुटेको खुलेको छ ।

दुईलाख ३० हजार रुपैयाँ सुपारी दिएर अपांग गर्ने योजना !

प्रहरीले पक्राउ गरेका तीनजना नै सुपारी लिएर बर्तौलालाई आक्रमण गरेर अपांग बनाउने योजनासहित प्रयोग भएको खुलेको छ ।

अनुसन्धानका खटिएका एक प्रहरीका अनुसार पूर्वमाओवादीकै एक लडाकुको योजनामा बर्तौलामाथि आक्रमण भएको हो ।

अनुसन्धान संलग्न ती अधिकारीले भने, "पुरानै रिसइबीका कारण दुई लाख ३० हजार रुपैयाँ सुपारी लिएर बर्तौलामाथि आक्रमण भएको देखिन्छ । उनीहरूको मुख्य उद्देश्य भनेकै बर्तौलाई अंगभंग गर्ने देखिन्छ ।"

आक्रमणको योजनाकार भने भागेर भारत पुगेको खुलेको छ ।

२२ कार्तिकमा बानेश्वर आईप्लेक्स नजिकै बर्तौलामाथि आक्रमण भएको थियो । घाइते बर्तौलाको नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनी खतरामुक्त छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro