site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टीकापुर घटनाका दोषीको कैद माफीविरुद्धको रिट न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौं । कैलालीको टीकापुर घटनाका दोषी हरिनाथ चौधरी र वीरबहादुर चौधरीलाई कैद माफी दिने निर्णयविरुद्धको रिट शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

उक्त रिट गएको कात्तिक २३ र २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । तिहार बिदापश्चात् अदालत खुलेपछि रिट न्यायाधीश रेग्मीको इजलासमा परेको हो ।

Dabur Nepal
NIC Asia

रिटमा कैलाली जिल्ला कारागार, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्था विभागसहित हरिनाथ र वीरबहादुरलाई विपक्षी बनाइएको छ ।

टीकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदाले गएको जेठ १७ गते रिट दायर गरेकी थिइन् । संविधान दिवसका दिन सोही जेठ १५ गते उनीहरूलाई कैद माफी दिइएको थियो । उक्त रिटमा न्यायाधीश राउतको इजलासले जेठ २३ गते कारण देखाऊ आदेश जारी गरेको थियो । त्यो रिटको पेसी भने आउँदो पुस १४ गतेका निम्ति तोकिएको छ ।

कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलबाट टीकापुर हत्याकाण्डमा रेशम चौधरी दोषी ठहर भएका थिए । उनको पुनरवलोकन निवेदनमा सर्वोच्चले जेठ २ गते दोषी नै ठहर गरेको थियो । सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक नहुँदै सरकारले चौधरीलाई कैद माफी दिएको थियो । उनी जेठ १६ गते जेलमुक्त भएका थिए ।

त्यसपछि हरिनाथ र वीरबहादुरको कैद माफीविरुद्ध शारदा कडायत र मन्थरादेवी विष्टले कात्तिक २१ गते रिट दायर गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro