site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भुइँमा लत्रिएको बिजुलीको तार कुल्चँदा मृत्यु
प्रतीकात्मक तस्बिर ।

बागलुङ । बागलुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चँदा एकजनाको मृत्यु भएको छ । करेन्ट लागेर निसीखोला गाउँपालिका–३, ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज ज्यान गएको हो ।

गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चँदा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्ष मदन केसीले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीयले सो दृश्य देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्युत् आयोजनाको लापरबाहीका कारण नेपालीको मृत्यु भएको स्थानीयको आरोप छ । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro