site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई काँस्यपदक
Tiktok banner adTiktok banner ad

काठमाडौं । चीनको राजधानी बेइजिङमा कात्तिक २० देखि २८ गतेसम्म भएको २७औँ अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले काँस्यपदक हात परेको छ । 
प्रतियोगितामा नेपालका तर्फबाट दृशान्त कुमार महर्जनले उक्त पदक हात परेका हुन् ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी सन् २०१८ देखि अन्तर्रास्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हुँदै आएको छ । यसअघि, नेपालले सन् २०१९ मा काँस्यपदक हात पारेको थियो ।

सन् २०१४ देखि सुरु भएको राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडबाट हरेक वर्ष नेपाली विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय ओलम्पियाडहरुमा भाग लिँदै आएका छन् ।

नेपालले सन् २०१४ देखि अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक विज्ञान ओलम्पियाडमा भाग लिँदै आएको छ । नेपालले यस्ता प्रतियोगितामा हालसम्म तीन काँस्य तथा १५ अनरेबल मेन्सन अवार्ड हात परिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro