site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा छठ पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरूमा छठी माईको पूजाका लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ । 

छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौं उपत्यकाको कमल पोखरी, कुपन्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरी लगायतका स्थानहरूमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो ।

Dabur Nepal
NIC Asia

काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ । कमल पोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र सिंहले अहिले टेन्ट हाल्ने काम सुरु भएको र शनिबारसम्म सबै काम सकिने बताए । हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गर्ने गरेको र यस पटक पनि निःशुल्क नै व्यवस्थापन हुने बताए । 

उनले भने, “टेन्ट हाल्न सुरु भएको छ, शनिबारसम्म काम सकिन्छ । हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गरेका छौँ । यस पटक चन्दा बाक्सा पनि राख्दैनौँ । छठी माईको मूर्ति पोखरीमा नराख्ने भएका छौँ । सेलाउने मूर्ति बाहिर नै राख्नेछौँ । आरती र भजन कीर्तन गर्नेछौँ ।”

त्यस्तै, गौरीघाट छठ समिति संयोजक किरणकुमार दासले छठको घाट ५०८ देखि ५१० वटा बनाउने तयारी भएको बताए । उनले अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको र बाँकी काम शनिबारसम्म सकिने उनको भनाइ छ । 

उनले भने, “छठको घाट ५०८ देखि ५१० वटा बनाउने निर्णय गरेका छौँ । अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको छ । २० प्रतिशत काम शनिबारसम्म सकिन्छ । कपडा टाँग्ने र प्लाइबोर्ड लगाउने काम बाँकी छ । आर्थिक मन्दीले अलि कमी हुने आँकलन गरेका छौँ । तर रसिद काट्नेहरु हेर्दा भरिन्छ जस्तो छ ।”

आर्थिक मन्दीका कारण यस वर्ष छठमा आउनेहरूको संख्या कमी हुने आँकलन गरेको बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro