काठमाडौं । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले तीनवटै क्रिकेटको संरचनाको कप्तान पदबाट राजीनामा दिएका छन् ।
बाबरले बुधबार राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिने निर्णय सार्वजनिक गरेका हुन् ।
"आज, म सबै ढाँचामा पाकिस्तानको कप्तानबाट राजीनामा गर्दै छु। यो कठिन निर्णय हो । तर मलाई लाग्छ कि यो निर्णयको लागि सही समय हो । म तीनवटै ढाँचामा खेलाडीको रूपमा पाकिस्तानको प्रतिनिधित्व गरिरहने छु," बाबरले भने, "म आफ्नो अनुभव र समर्पणका साथ नयाँ कप्तान र टोलीलाई समर्थन गर्न यहाँ आएको छु। मलाई यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पिनुभएकोमा म पाकिस्तान क्रिकेट बोर्डलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।"
भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले खराब प्रदर्शन गरेपछि कप्तान बाबरको चर्को आलोचना भएको थियो ।