प्रविधि

काठमाडौं । आर्टिफिसिय इन्टेलीजेन्सी (एआई)बाट गीत बन्न थालेपछि युट्युबले नयाँ मापदण्ड ल्याएको छ । यसअनुसार रेकर्ड कम्पनीहरूले वास्तविक कलाकारको गीतको एआई संस्करणलाई डिलिट गर्न आग्रह गर्न सक्नेछन् ।
युट्युबले नक्कल गरेका कन्टेन्ट अथवा गीतलाई वास्तविक म्युजिक लेवलहरुले फ्ल्याग गर्नसक्ने अथवा थाहा हुने गरी कुनै किसिमको मार्क लगाउनसक्ने सुविधा पनि उपलब्ध गराउने भएको छ ।
एआईको विकाससँगै नक्कली फोटो, भिडियो, गीतदेखि लेखसम्म बन्न थालेका छन् । यसको असर पर्ने क्षेत्रका कलाकारहरुका लागि युट्युबले नयाँ सुविधा ल्याएको हो ।
यो सुविधा विश्वभर लागु गर्नुअघि सिमित वितरक र लेवलमा परीक्षण भइरहेको युट्युबले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८० १०:३५
प्रतिक्रिया दिनुहोस्