
काठमाडौं । भारतमा जारी साफ यू–१९ च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । आइतबार समूह चरणको पहिलो खेलमा नेपाली युवा टिमले श्रीलंकाविरुद्ध ५–० को सहज जित निकालेको हो ।
भारतको यूपीस्थित गोल्डेन जुब्ली रंगशालामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन सुवास बम, सुजन डंगोल, विज्ञान खड्का, लच्छु थापा र धर्वेन्द्र कुँवरले समान एक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा सुजनले नेपाललाई पहिलो अग्रता दिलाए । ६२औँ मिनेटमा धर्मेन्द्रले अग्रतालाई दोबर बनाए ।
७६औँ मिनेटमा सुबासले अग्रतलाई ३–० मा पुर्याए । ८९औँ मिनेटमा विज्ञानले टोलीका निम्ति एक गोल थपे । खेलको इन्जुरी समयमा पाँचौँ गोल गर्दै जित सुनिश्चित गरे । जितसँगै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ । तर, नेपाल समूहको उपविजेता वा विजेताको कुन रूपमा सेमिफाइनल प्रवेश गर्नेछ भने टुंगो लागेको छैन । आगामी मे १३ (मंगलबार) भारतविरुद्धको खेलबाट नेपाल उपविजेता वा विजेता बन्ने टुंगो लाग्नेछ ।
मंगलबार भारत र नेपाल भारतीय समयअनुसार बेलुका ७ः३० बजे खेल्ने तालिका छ । श्रीलंका भने समूह चरणका दुवै खेलमा हार बेहोर्दै जितविहीन प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकाले यसअघि पहिलो खेलमा भारतसँग ८–० को हार बेहोरेको थियो ।