site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'राफेल खसालेको' पाकिस्तानको दाबीमा भारतीय सेनाले के भन्यो ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतीय सेनाले आइतबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा, एयर मार्सल एके भारतीले वायुसेनाका तर्फबाट राफेलसँग सम्बन्धित प्रश्नको जवाफ दिए । पाकिस्तानी सेनाले भारतीय आक्रमणको बदला लिन भारतका दुई राफेल विमान खसालेको दाबी गरेको थियो ।

यसको जवाफमा उनले भने, "हामी लडाइँको अवस्थामा छौँ र क्षति यसको एक हिस्सा हो । तपाईंले सोध्नु पर्ने प्रश्न– के हामीले हाम्रो उद्देश्य हासिल गरेका छौँ ? के हामीले आतंकवादी शिविरहरू नष्ट गर्ने हाम्रो उद्देश्य हासिल गरेका छौँ ? र उत्तर हो– हो ।"

एयर मार्सल एके भारतीले भने "यसको परिणाम सम्पूर्ण संसारले देख्नुपर्छ । जहाँसम्म विवरणहरूको कुरा छ, के हुन सक्थ्यो, कति जना मानिसहरू थिए, हामीले कुन प्लेटफर्म गुमायौँ, म अहिले यसबारे टिप्पणी गर्न चाहन्न । किनभने हामी अझै पनि युद्धको अवस्थामा छौँ र यदि हामीले कुनै पनि कुरामा टिप्पणी गर्यौं भने यसले विपक्षीलाई मात्र फाइदा पुर्‍याउँछ ।"

उनले थप भने, "त्यसैले हामी यस समयमा विपक्षीलाई कुनै फाइदा दिन चाहँदैनौँ । म यति मात्र भन्न सक्छु कि हामीले हाम्रा छनौट गरिएका उद्देश्यहरू प्राप्त गरेका छौँ र हाम्रा सबै पाइलटहरू घर फर्किएका छन् ।"

शनिबार साँझ भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि भारतीय सेनाले आइतबार साँझ पहिलोपटक पत्रकार सम्मेलन गरेको छ ।

यसैबीच, डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घईले 'अपरेसन सिन्दूर' मा १०० भन्दा बढी आतंककारी मारिएको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  २२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro