site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बैतडीमा दुईजना मृत फेला
प्रतीकारात्मक तस्बिर ।

बैतडी । बैतडीमा आज दुईजना मृत फेला परेका छन् । जिल्लाको मेलौली नगरपालिका–७, ओझागाउँका अन्दाजी ३८ वर्षीय लोकेन्द्र ओझा र  डिलाशैनी गाउँपालिका–७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐर मृत फेला परेका हुन् ।

सोमबार दिउँसो गाउँकोट भन्ने ठाउँमा कपडा सिलाउन जान्छु भनी हिँडेका ओझा आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।

मेलौली नगरपालिका–७, मंगराउ भन्ने स्थानमा सडकबाट करिब पाँच मिटर तल ओझाको शव फेला परेको प्रहरीले जनाएको छ । ओझा अपांगता भएका व्यक्ति रहेको बुझिएको छ । ओझाको मृत्युको कारण भने खुलेको छैन । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक केसीकै नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

यस्तै, सोमबार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनी हिँडेका ऐर मनेकुडास्थित बाटोबाट लडेर दुई सय मिटर तल खसी मृतावस्थामा फेला परेका हुन् । ऐरको शव आज बिहान फेला परेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro