site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अझै टिकटक बन्द नभएपछि प्राधिकरणको चेतावनी– अटेर गरे कारबाही हुन्छ
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले टिकटक बन्द गर्न आफूले दिएको निर्देशन नमाने कारबाही गर्ने चेतावनी दिएको हो । 

प्राधिकरणले निर्देशन/आदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भएकाले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम कारबाही हुने बताएको छ । 

प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ अनुसार सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसके पनि केही सेवा प्रदायकबाट अझै टिकटक चलिरहेकाले तत्काल गर्न भनेको छ ।

"प्राधिकरणको निर्देशन/आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन/आदेशको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुन सक्ने बेहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ," सूचनामा भनिएको छ ।

NTA-Notice-related-to-Tiktok-1699967123.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro