site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टी कसैको निजी कम्पनी होइन, पूर्वप्रधानमन्त्रीको क्लबमा हुने निर्णय मान्दैनौँ : गगन थापा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने विषयमा कांग्रेससँग कुनै प्रकारको छलफल नभएको बताएका छन् । उनले पूर्वप्रधानमन्त्रीहरूको 'क्लबको बन्द कोठा'मा हुने सम्झौतालाई आफूहरूले नचिन्ने बताएका छन् । 

मंगलबार सामाजिक सञ्जालमा थापाले लेखेका छन्, "प्रधानमन्त्रीले भन्नुभएछ– 'सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको हो ।' प्रमज्यूलाई प्रश्न छ, कुन सहमति ? हाम्रो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले भयो छलफल ? कहाँ भयो सहमति ? कहिले, कसले गर्‍यो सहमति ?"

Prabhu Bank
Agni Group
NIC Asia

उनले पार्टी कसैको निजी कम्पनी नभएकाले पार्टी प्रमुखले गरेको निर्णयको भारी पार्टीले नबोक्ने पनि बताएका छन् ।

"प्रमज्यू, पूर्वप्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बीचमा भएको सहमति नभन्नुहोस्, नभन्ठान्नुहोस् । यो तपाईंहरूबीचको समझदारी हो, पार्टीहरू बीचको होइन । पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टीभित्र छलफल हुनुपर्छ । अतः पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी हामी बोक्दैनौ पार्टीले बोक्न सक्दैन," थापाले भनेका छन् । 

Global Ime bank

उनले अगाडि भनेका छन्, "जहाँ प्रजातन्त्रको आधारभूत विषय आउँछ, त्यहाँ निर्णय गर्ने ठाउँमा को छ हेरिँदैन । हिजो ज्ञानेन्द्रको शासन हुँदा होस् वा केही समय अगाडि नेकपाको सरकार हुँदा होस्, जहिले–जहिले अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोल्ने र अंकुश लगाउने काम भयो, हामी त्यसको विरुद्ध उभिएका छौँ, उभिरहने छौँ । हिजो त्यहीँ काम अरूले गर्दा गलत, हामीले गर्दा सही हुँदैन ।"

सरकारले सोमबार मात्र नेपालमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जसलाई लिएर सत्ता साझेदार दलहरूकै नेताहरूले विरोध गरिरहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement