site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले मेरै अगाडि झुट बोले, टिकटक बन्द गर्न हाम्रो सहमति छैन : रवि लामिछाने

​काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रमपूर्ण अभिव्यक्ति दिएको बताएका छन् ।

प्रधानमन्त्रीले टिकटक बन्द गर्ने सन्दर्भमा सत्तापक्षीय र विपक्षी सबै दलको सहमति रहेको बताएपछि लामिछानेले आफूहरूको कुनै सहमति नरहेको बताएका हुन् । उनले टिकटक बन्द गर्ने सन्दर्भमा आफूसहित रास्वपाका कुनै पनि नेतासँग सहमति नभएको बताएका छन् ।

उनले सहमति दिएका दलहरूबारे प्रस्ट पार्न पनि आग्रह गरेका छन् । 

"प्रधानमन्त्रीज्यूले मेरै अगाडि आज एक कार्यक्रममा गलत तथा भ्रमपूर्ण अभिव्यक्ति दिनुभयो । टिकटक बन्द गर्ने सन्दर्भमा सत्तापक्षीय र विपक्षी सबै दलको सहमति र छलफलपछि निर्णयमा पुगेको बताउनुभयो । मलगायत रास्वपाका कुनै नेतासँग यस विषयमा कुनै औपचारिक अनौपचारिक छलफल वा सहमति भएको छैन । छँदै छैन । प्रधानमन्त्रीज्यूले यो गलत अभिव्यक्ति सच्याउनु हुने छ र कुन कुन दलले सहमति जनाएका हुन् भन्ने स्पष्ट पारिदिनु हुने छ भन्ने विश्वास लिएको छु," लामिछानेले फेसबुकमा भनेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro