site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार उल्टो कदममा हिँड्यो : गगन थापा
फाइल तस्बिर।

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार उल्टो बाटो हिँडेको बताएका छन् । उनले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको बताए ।

सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भएको तर, सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत भएको उनले बताए ।

“यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने, नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा वैयक्तित स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro