site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तान पाँचौँ स्थानमा सीमित, च्याम्पियन्स ट्रफीमा इंग्ल्यान्डको स्थान पक्का

काठमाडौं । साविक विजेता इंग्ल्यान्डले पाकिस्तानमाथि ९३ रनको जित निकाल्दै भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपको सुखद अन्त्य गरेको छ । यो हारसँगै पाकिस्तान भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

शनिबार कोलकातास्थित इडेन गार्डेनमा इंग्ल्यान्डले प्रस्तुत गरेको ३३८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४३.३ ओभरमा २४४ रनमा समेटियो ।

पाकिस्तानका आघा सल्मानले ४५ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ५१ रन बनाए । यसैगरी कप्तान बाबर आजमले ३८, मोहम्मद रिजवानले ३६, हरिस रौफले ३५, साउद सकिलले २९, शाहिन शाह अफ्रिदीले २५ रन र मोहम्मद वासिमले अविजित १६ रन बनाए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

इंग्ल्यान्डका डेविड विलीले तीन विकेट लिए । गस एट्किन्सन आदिल राशिद र मोइन अलीले सामना दुई विकेट लिए । क्रिस बोक्सले एक विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३३७ रनको योगफल तयार पारेको थियो ।

इंग्ल्यान्डका बेन स्टोक्सले ७६ बलमा ११ चौका र दुई छक्कासहित सर्वाधिक ८४ रन बनाएका थिए । जोय रुटले ६० रन थपे ।

जोनी बेरिस्टोले ५९, डेविड मलानले ३१, ह्यारी ब्रुक्सले ३०,कप्तान जोस बट्लरले २७ र डेविड विलीले १५ रन बनाए ।

पाकिस्तानका हरिस रौफले तीन विकेट लिए । मोहम्मद वासिम र शाहिन शाह अफ्रिदीले समान दुई विकेट लिदा इफ्तिखर अहमदले एक विकेट लिए ।

पाकिस्तानको हारसँगै न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरेको हो । जितसँगै नौ खेलमा ६ अंक जोडेको इंग्ल्यान्डले तालिकाको सातौं स्थानमा रहदै च्याम्पियन्स ट्रफीमा स्थान पक्का गरेको छ । हारसँगै समान खेलमा आठ अंक जोडेको पाकिस्तानले पाँचौँ स्थानमा रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro