site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोमा पुरिएर डोजर चालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

कालीकोट । कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालक मृत्यु भएको छ । करिडोरअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुक्खा पहिरोमा पुरिएर डोजर चालकको मृत्यु भएको हो ।

कर्णाली करिडोर जोड्ने जिरो प्वाइन्टको सडक मर्मत गरिरहेका बेला माथिबाट चट्टानसहित खसेको पहिरोमा पुरिएर कालीकोटकै पचालभरना गाउँपालिका–८, खडितोलीका ३० वर्षीय धीर सज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले जानकारी दिए ।

Argakhachi Cement Island Ad

सडक फराकिलो गरिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर डोजर चालकको मृत्यु भएको उनको भनाइ छ ।

“माथिबाट चट्टान खसेको चालकलाई केही जानकारी/संकेत नै भएन । एक्कासि चट्टान खसेपछि भाग्न सक्ने अवस्था भएन,” थापाले भने, “चालकको घटनास्थलमा मृत्यु भएको छ ।”

पहिरोमा डोजर पूरै पुरिएकाले घटना शुक्रबार बेलुकाको भए पनि १८ घण्टापछि शनिबार बिहान मृतकको शव निकालिएको उनले जानकारी दिए ।

“हिजो रात परेकाले अरू पहिरो खस्ने खतरा हुन सक्ने देखिएपछि शव निकाल्न सकिएको थिएन,” थापाले भने, “बिहान उज्यालो भएपछि शव निकालेर परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।”

पहिरोले अहिले कर्णाली राजमार्ग अवरुद्ध रहेको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्