site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको सहज जित 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । दक्षिण अफ्रिकाले भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको छ । यो हारसँगै अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ ।

शुक्रबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा अफगानिस्तानले प्रस्तुत गरेको २४५ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४७.३ ओभरमा पाँच विकेट गुमाएर भेटायो ।

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिण अफ्रिकाको जितमा रासी भान डेर डुसेनले अविजित ७६ रन बनाए । यसैगरी क्विन्टन डी ककले ४१, एन्डिले फेहलुक्वायोले अविजित ३९, एडेन मार्करमले २५, डेविड मिलरले २४ र कप्तान टेम्बा बवुमाले २३ रन बनाए 

अफगानिस्तानका लागि मोहम्मद नाबी र राशिद खानले समान दुई विकेट लिए । यस्तै, मुजिब उर रहमानले एक विकेट लिए ।

Global Ime bank

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४५ रनको योगफल तयार पारेको थियो ।

अफगानिस्तानका अज्मतुल्लाह ओमरजाइले अविजित ९७ रन बनाएका थिए । यसैगरी रहमत शाह र नुर अहमदले समान २६ रन थपे । रहमानुल्लाह गुर्बजले २५, इब्राहिम जाद्रनले १५, राशिद खानले १४ र इक्रम अलिखिलले १२ रन बनाए ।

दक्षिण अफ्रिकाका जेराल्ड कोएट्जीले चार विकेट लिए । लुङ्गी एनगिडी र केशव महाराजले समान दुई विकेट लिदा एन्डिले फेहलुक्वायोले एक विकेट लिए ।

जितसँगै नौ खेलमा १४ अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । प्रतियोगितामा पाँचौँ हार बेहोरेको अफगानिस्तानले भने आठ अंकसहित छैटौँ स्थानमा रहँदै यो संस्करणको अन्त्य गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय