site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जाजरकोट भूकम्पबाट ६२ हजार ६२ घरमा क्षति, साढे २६ हजार घर पूर्ण ध्वस्त
फाइल तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पले १३ जिल्लाका ६२ हजार ६२ घरमा क्षति गरेको छ । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जारी गरेको पछिल्लो सूचनाअनुसार भूकम्पका कारण २६ हजार ५५७ घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।
 
भूकम्पले ३५ हजार ४५५ घरमा आंशिक क्षति गरेको शाखाले जनाएको छ । भूकम्पका कारण १६ वटा सरकारी भवन पूर्ण ध्वस्त भएका छन् । ३४ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ ।
 
भूकम्पले सबैभन्दा ठूलो भौतिक क्षति जाजरकोट र रुकुम पश्चिममा गरेको छ । शाखाबाट प्राप्त विवरणअनुसार भूकम्पबाट जाजरकोटमा २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ । ९ हजार ७९७ घरमा पूर्ण क्षति गरेको छ ।

रुकुम पश्चिममा भूकम्पले ९ हजार ९६१ घरमा आंशिक क्षति र १६ हजार ५७० घरमा पूर्ण क्षति गरेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस्तै रुकुम पूर्वका १४८, सल्यानका ५१२, रोप्पाका ८७, नवलपरासी पूर्वका १, दैलेखका १, दाङका ७ र प्युठानका ३१ घरमा भूकम्पले आंशिक क्षति गरेको छ । 

भूकम्पले रुकुम पूर्वका ९, सल्यानका १५१, रोल्पाका २५, दैलेखका १, बैतडीको १, जुम्लाका ५ र कालिकोटको १ घरमा पूर्ण क्षति गरेको छ । 

Royal Enfield Island Ad

भूकम्पका कारण संरचना भत्किँदा मृत्यु हुनेको संख्या १५४ पुगेको छ । शुक्रबार बिहान घाइते एकजनाको मृत्यु भएको छ । भूकम्पका कारण घाइते हुनेको संख्या ३६४ रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro