site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रास्वपाले मंसिर पहिलो साता घरदैलो कार्यक्रम गर्ने
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर २, ३, ४ गते देशव्यापी घरदैलो कार्यक्रम गर्ने भएको छ ।

बिहीबार बसेको केन्द्र्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय सुनाउँदै महामन्त्री मुकुल ढकालले ०७९ मंसिरमा भएको चुनावपछिको घरदैलो कार्यक्रम गरिने जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“चुनावपछि पनि घरदैलो हुनुपर्छ । हुन त हामी जनतासँगै छौँ । तर, मंसिर २, ३, ४ गते चुनावपछिको घरदैलो कार्यक्रम राखेका छौँ,” उनले भने ।

त्यस्तै, बैठकले मंसिर ११, १२, १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राखिएको उनले बताए ।

Global Ime bank

यसअघि, कात्तिक २२, २३ गते राखिएको बैठक भूकम्पका कारण सारिएको थियो । बैठकमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

उक्त बैठकमा महाधिवेशनबारे छलफल हुने उनले बताए । तर, महाधिवेशन प्रक्रिया आजैदेखि सुरु भएको मान्न सकिने ढकालको भनाइ छ । बैठकमा चुनावको एक वर्षको समीक्षा पनि गरिने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement