site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आईसीसी एकदिवसीय विश्वकप : सेमिफाइनल आसमा तीन टिम 

काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा लिग चरण सकिन अन्तिम पाँच खेल बाँकी छन् । अर्थात्, अब सेमिफाइनल समीकरण पूरा हुन सबै टिमले एक/एक खेल खेल्नेछन् ।

गएको अक्टोबर ५ देखि सुरु भएको प्रतियोगितामा घरेलु टिम भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाले अन्तिम चारको यात्रा निश्चित गरिसके । बाँकी एक स्थानका निम्ति तीन टिम दौडमा छन् ।

१० टिम सहभागी प्रतियोगितामा बाँकी चार टिम लिग चरणबाटै बाहिरिने निश्चित भइसकेको छ । अंकतालिकाको शीर्ष स्थानमा आसिन भारत अपराजित छ । आठ खेलबाट १६ अंक जोडेको भारत अन्तिम खेलमा हारे पनि शीर्ष स्थानमा फरक पर्दैन । दोस्रो र तेस्रोमा रहेका दक्षिण अफ्रिका र अस्ट्रेलिया अन्तिम खेलमा पराजित भए ती स्थानको समीकरणमा फरक पर्छ । अर्थात्, अन्तिम खेलमा हार्ने टिम तेस्रो र विजयी हुने दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Dabur Nepal
NIC Asia

न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानमध्ये कुन टिमको सम्भावना बलियो ?
सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम एक टिम बन्न साविक उपविजेता न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान दौडमा छन् । न्युजिल्यान्ड चौथो, पाकिस्तान पाँचौँ र अफगानिस्तान छैटौँ स्थानमा छन् । तीनै टिमले आठ खेलबाट समान आठ अंक जोडेका छन् ।

new-1699515627.png

सेमिफाइनल सम्भावना कायम राख्न अन्तिम खेलमा तीनै टिमलाई जितको विकल्प छैन । लिग चरणको अन्तिम खेलमा न्युजिल्यान्डले श्रीलंका, पाकिस्तानले इंग्ल्यान्ड र अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्नछन् ।

न्युजिल्यान्डले बिहीबार, अफगानिस्तानले शुक्रबार र पाकिस्तानले शनिबार आफ्नो अन्तिम खेल खेल्दै छन् । अन्तिम खेलमा तीनै टिमले जित वा हारको नतिजा सामना गरे नेट रनरेटमा अघि रहने अन्तिम चारमा प्रवेश गर्नेछ ।

यस्तै, दुईले हार व्यहोर्दा विजयी हुने एक टिम सेमिफाइनलमा प्रवेश गर्नेछ । र, एक टिमले हार्दा दुई विजयी भए नेट रनरेटमा अघि रहनेले अन्तिम चारको यता तय गर्नेछ ।

afa-1699515645.jpg

सेमिफाइनल समीकरण
अन्तिम चारमा प्रवेश गर्नेमध्ये शीर्ष स्थानको टिमले चौथोसँग खेल्नेछ । दोस्रो स्थानको टिमले तेस्रोसँग प्रतिस्पर्धा गर्नेछ । यसानुसार शीर्ष स्थानको भारतले न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानमध्ये एक टिमसँग फाइनल प्रवेशका निम्ति खेल्नेछ । दोस्रो र तेस्रो स्थानका दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच फाइनल प्रवेशका निम्ति प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल यही नोभेम्बर १५ र दोस्रो नोभेम्बर १६ मा हुनेछ । फाइनल खेल नोभेम्बर १९ मा हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro